अमेरिकी सक्रियता : अमेरिकी र्‍यान्डी जे बेरी ओलीबीच भेटवार्ता

काठमाडौं, २६ माघ । अमेरिकी अनुदान सम्झौता (एमसीसी) लाई लिएर राजनीतिक रस्साकस्सी तीव्र भैरहेको बेला अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता बढाएका छन् ।

राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका भक्तपुर बालकोटस्थित उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको बताए ।

तर, वार्तामा केही विषयमा छलफल भयो भन्नेबारे चाहिँ उनले खुलाएनन् । मंगलबार बेलुका स्थगित गरिएको संसद बैठक बोलाउनुअघि राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति