भन्सार एजेन्टको परीक्षा फागुन २८ गते तोकियो

काठमाडौं, २६ माघ । भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ । भन्सार विभागले आज सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जानकारी दिएको हो । परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

त्यसपछि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । त्यसपछि फेरि आगामी माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो ।

पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरुले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए । २०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् । भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्दछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति