साथीहरुमा भ्रम सिर्जना भयो र निस्किने काम भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना साथीहरुले भ्रम सिर्जना भएर निस्कने काम भएको जिकीर गरे ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायतलाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले उक्त अभिब्यक्ति दिएका हुन् ।‘साथीहरुमा भ्रम सिर्जना भयो र निस्किने काम भयो । हामीले पनि बुझाउन सकेनौं,’ प्रचण्डले भने, ‘हामीहरु एउटा रणनैतिक सोचका साथ अगाडि बढेका छौं, तत्कालीन स्टेपहरुको पछाडि अर्को दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरुले बुझ्दै जानु भएको छ ।

’यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै उनले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको बताए । पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।‘नेतृत्वले अलि परसम्म हेरेर मुलुक र जनताको हितमा आफ्नो पार्टी र वर्गको हितमा घुम्ने कार्यनीति लिएर आयो । साथीहरु त्यो घुम्तीहरुमा झुक्किनुभयो र छुट्नुभयो ।

यो कुरालाई बुझ्नु भएन,’ प्रचण्डले भने ।क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको भन्दै उनले पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आह्वान गरे । उनले भने, ‘साथीहरु घर फर्किनुभयो, धेरै राम्रो भयो । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । एकै ठाउँमा आऔं ।’ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रमबाट विप्लव नेतृत्वको नेकपाको जुम्ला इञ्चार्ज तिरुवासहित जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति