२५ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको प्रेस विज्ञप्ति मार्फत घाेषणा गरेका छन् ।
मंगलबार हेटौंडामा पत्रकारहरुसँग थापाले भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग हुने निर्णय गरेकाे छु ।’ थापाले प्रेस विज्ञप्ति जारी गरी पार्टीभित्र आएका सैद्धान्तिक विचलन र गलत प्रवृत्ति सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग हुने निर्णाय लिएकाे बताएका छन् । पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

प्रतिक्रिया