कोरोना सङ्क्रमणका कारण थप १३ जनाको ज्यान गयो, ६ हजार एक सय ४६ जना निको


काठमाडौं, २४ माघ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा १३ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि हुने क्रम घटे पनि केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ ।

आज थपिएका १३ जनासहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय २७ पुगेको छ ।

यस्तै थप एक हजार पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी ११ हजार तीन सय ६५ जनाको नमुना परीक्षण गर्दा १५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६ हजार एक सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख १५ हजार चार सय ८९ पुगेको छ । अहिले ४० हजार एक सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ७८ हजार पाँच सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति