अब युद्ध स्तरमा काम : मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

काठमाडौं, २४ माघ । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।

संचारकर्मी कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले अब युद्धस्तरमा काम गर्ने बताए। ‘आजै आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ। भोलिबाट हामीले युद्धस्तरमा चुनावको तयारी गर्छौं,’ प्रमुख आयुक्त थपलियाले भने,‘ ९४ दिनजति बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’ चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै भोलिबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गर्ने थपलियाले बताए।‘भोलिबाट हामी अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ थपलियाले भने,‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरू गर्छौं।’ देशभरि एकै चरणमा चुनाव गर्न आयोग सक्षम रहेको थपलियाले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति