न्यारोबडी ए ३२० काे इन्जिनमा समस्या, भाडामा इन्जिन लिने

काठमाण्डौ, २४ माघ । २८ डिसेम्बर २०२१ मा काठमाण्डौबाट कतारको दोहा पुगेको नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी ए ३२० जहाजकाे बाँयातर्फको इन्जिन फेर्नुपर्ने भएको छ । जहाज सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

कतार एअरवेजका इन्जिनियरिङ टिमले बायाँतर्फको इन्जिनमा समस्या देखिएकाले इन्जिन फेर्नुपर्ने राय दिएका हुन् । इन्जिनको उत्पादनकर्ता PW/IAE सँग निगम व्यवस्थापनले परामर्श लिँदा इन्जिनलाई फेरेर मर्मत गर्नुपर्ने सुझाव इन्जिनियरले दिए । जहाजलाई चाँडो भन्दा चाँडो उडानमा ल्याउनका लागि इन्जिन भाडामा लिन निगमले ९ जनवरी २०२२ मा अन्तर्राष्ट्रिय आह्वान पत्र निकालेको थियो । इन्जिन भाडामा लिन कम्पनी छनोट गरेर काम अघि बढिरहेको निगमले जनाएको छ । यस्तै पुरानो इन्जिन मर्मतका लागि २४ जनवरी २०२२ मा अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिएको निगमले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति