सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको हत्या

काठमाडौं, २३ माघ । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।

आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति