बालुवाटार बैठकका तीन एजेण्डा

काठमाडौं, २३ माघ । बालुवाटारमा तीन दलका ५ जना नेताको छलफल जारी छ । केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता समेत रहेका सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । नेताहरुबीच एमसीसी, स्थानीय निर्वाचन र संसद अवरोध खुलाउने तीन एजेण्डा रहेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् । एमसीसीबारे तीन दलका नेताहरुको बुझाई फरक फरक छ भने स्थानीय निर्वाचनका सम्वन्धमा तीनै दल लगभग एक ठाउमा रहेपनि प्रमुख प्रतिपक्षबाट भइरहेको संसदको अवरोध खुलाउने विषयमा पनि दलहरु एकमत छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति