काठमाण्डौ, २३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा एक हजार तीन सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरेर जम्मा नौ हजार दुई सय ५१ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त विवरणलाई पनि जोडेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार सात सय चार जना निको भएका छन् । थप ११ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
हाल नेपालमा ४५ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७९ हजार नौ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया