लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

काठमाडौँ, २३ माघ । नेपाल प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागुऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झोलामा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ । पक्राउ परेकासँग लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार महानगरीय प्रहरीवृत्त बानेश्वरले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति