विश्वभर संक्रमितको सङ्ख्या ३९ करोड नाघ्यो, ३१ करोडले जिते कोरोना

काठमाडौं, २२ माघ ।  विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३९ करोडभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २७ लाख ३१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड १० लाख ७९ हजार २८३ पुगेको छ। जसमध्ये ३१ करोड ८३ हजार ८९६ जना भने निको भएका छन् ।

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ९७१ जना सङ्क्रमण मुक्त भएका छन्। यस्तै गत २४ घण्टामा ९ हजार ९ सय १० सङ्क्रमितको भने मृत्यु भएको छ।

योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ४१ हजार ५१३ पुगेको छ। अझै पनि विश्वभर ७ करोड ५२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति