माओवादीका महासचिव दावेदार वर्षमान र जनार्दनलाई कोरोना

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुई नेतालाई कोरोना संक्रमण भएको छ ।

पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो र उनी हाल आइसोलेसनमा छन् । त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ । सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गराएकाे परीक्षणमा संक्रमण पुष्टि भएका हुन् भने उनी मन्त्री क्‍वाटरमा नै आइसोलेसनमा बसेका छन् । त्यसैगरी माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएकाे बताएकाे छ ।

नेकपा माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि बैठक अन्योलमा परेको एक नेताले बताए । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले भने बैठकको तयारी भइरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति