विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख संक्रमित

काठमाडौं, २० माघ ।  विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख २८ हजार ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा ब्राजिलमा २ लाख ८६ हजार, फ्रान्समा २ लाख ७४ हजार, जर्मनीमा २ लाख ४० हजार, अमेरिकामा २ लाख ३० हजार, रुसमा एक लाख ५५ हजार, इटलीमा एक लाख १२ हजार र टर्कीमा एक लाख ७ हजार छन् ।

यही अवधमिा २३ लाख ६६ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २३५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ३३०, ब्राजिलमा ९२३, रुसमा ६६७, इटलीमा ४१४, बेलायतमा ३२१, फ्रान्समा २६४, टर्कीमा २३३ जर्मनीमा १८६ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति