महन्थ ठाकुरले सुटुक्क भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं, २० माघ । प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह सुटुक्क भेटेका छन्।

अध्यक्ष ठाकुर एक्लै बालुवाटार पुगेर देउवासँग आधा घण्टा लामो संवाद गरेका हुन्। भेटका क्रममा ठाकुरले दुईवटा कुरा उठाएको उनीनिकट एक नेताले बताएका छन्।

देउवासँगको संवादका क्रममा उनले मधेस आन्दोलनका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्याकाण्डका मुख्य दोषी एवम् निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने कुरा ठाकुरले राखेका छन्। ुउहाँले बुधबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्नु भएको हो, ती नेताले भने, भेट लामो भएन। उहाँ (ठाकुर) ले त्यसक्रममा दुईवटा कुरा मात्रै राखेर बाहिरिनु भएको थियो।मधेस आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको रिहाइबारेमा प्रधानमन्त्रीले गठबन्धनमा आवश्यक छलफल गरेर आवश्यक निर्णय लिन सकिने जवाफ दिएका थिए।

स्रोतका अनुसार ठाकुरले अमेरिकी परियोजना एमसीसी संसदमा लगेर बरु त्यहीँबाट छिनोफानो गर्दा उचित हुने सुझाएको दाबी गरेको छ।तर यसबारेमा ठाकुर स्वयंले केही पनि खुलाएका छैनन्। एमसीसीलाई लिएर पाँच दलीय गठबन्धनमा विवाद चर्किरहेका बेला प्रधानमन्त्री देउवाले अन्य दलका नेताहरुसँग पनि संवाद गरेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति