नेपाललाई डब्लुएचओको बधाई

काठमाडौं, । लक्षित जनसंख्याको ७० प्रतिशत नेपाली जनसंख्याले कोभिड(१९ विरुद्ध खोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ । नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएपछि बधाई दिएको हो ।

उक्त जनसंख्याले पूर्ण मात्रा खोप लगाएको डब्लुएचओले उल्लेख गरेको छ ।‘७० प्रतिशतको कोशेढुंगा पार गर्नु नेपाल र यसका साझेदारहरुको सामूहिकताको परिणाम हो’ डब्लुएचओले भनेको छ, ‘एकअर्कामा सहानुभूति तथा एकजुट भएर काम गर्दा सफल भइन्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ ।’

नेपालले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन सुरु गरेको छ भने ५ वर्षदेखि ११ वर्ष उमेर समूहलाई पनि खोप लगाउनेबारे तयारी गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति