ओटावा, १८ माघ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए ।
प्रधानमन्त्री जस्टिनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका छन् । उनले भने, “मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्नेछु ।” साथै सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे । गत हप्ता आफ्नो एक बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि दिएका छन् ।
प्रतिक्रिया