दूधको मूल्य प्रति लिटर ६.५२ रूपैयाँ बढ्यो

काठमाडौं, १८ माघ । सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो। हाल लिटरमा १३।१७ प्रतिशत अर्थात् ६।५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ।किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरेको थियो।समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको छैन। दूध व्यवसायले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ।

नेपालमा वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन पुगेको तथ्याङ्क छ। उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भैसीको छ। दूध कृषि उत्पादनको एक मुख्य नगदेबाली हो। राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्य र साझेदारीमा दूधको उत्पादन र उत्पादकत्ववृद्धि गरी देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन हुने वातावरण निर्माण गर्ने उल्लेख छ।दुग्ध व्यवसायले मुलुकका करिब ५ लाख मानिसलाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरी गरिबी निवारणको उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

प्रतिवेदनमा उल्लेखित तथ्यांक अनुसार हाल वार्षिक रूपमा औषत २ अर्ब रूपैयाँ बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदैआएको छ।चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दूध मिश्रण भएका खाद्य पदार्थको समेत हिसाब गर्दा वार्षिक रूपमा चार अर्बसम्मका दुग्ध पदार्थ आयात हुने गरेको देखिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति