काठमाण्डौ, १७ माघ । सप्ताहकाे पहिलाे दिन आइतवार एक सय ५ अङ्कले बढेको नेप्से आज भने घटेको छ । नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको शेयर घटेको छ । त्यसमध्ये बीमा, उत्पादन र विकास बैंकको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २५ वटा कम्पनीको एक करोड एक लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ भने सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भयो । त्यस्तै माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ ।
समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया