अनलाइनबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाडौंबाट पक्राउ

काठमाडौं, १७ माघ । अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाडौंबाट पक्राउ परेका छन् ।हिजो आइतवार राति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये ६६ जना पुरुष र आठ जना महिला रहेका छन् ।रेस्टुरेन्टमा ठूलो सङ्ख्यामा मान्छेहरू जम्मा भएर अनलाइन जुवा खेलेको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरूको साथबाट ६ लाख ९० हजार रुपैयाँ नगद, अनलाइन जुवा खेलाउन प्रयोग हुने मोबाइल लगायतका सामग्री बरामद गरिएको पनि महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।पछिल्लो समय अनलाइनबाट जुवा खेलाउने क्रम बढेको भन्दै सक्रियता बढाइएको प्रहरीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति