एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं – बाबुराम भट्टराई

काठमाडौं, १७ माघ । जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊ ,’ एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिए । ‘यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाटीको हाड नबनोस् ,देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् , शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ,’ उनले लेखेको छन् ।

सत्ता गठबन्धनमा एमसीसीका विषयमा गठबन्धन नै टुट्ने चर्चा भइरहेका बेला भट्टराईले यस्तो बताएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति