स्थानीय तह रिक्त बनाउनु संविधान र कानुन विपरीत हुन्छ : बार

काठमाडौँ, १६ माघ । नेपाल बार एसोसिएसनले स्थानीय तह रिक्त बनाउनु संविधान र कानुन विपरीत हुने बताएको छ । बारका महासचिव लीलामणि पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सार्ने वा नगर्ने बहाना नखोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । स्थानीय तहको निर्वाचन नियमित हुनुपर्ने बारको धारणा छ ।

हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र यसको नियमित निर्वाचन गर्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका विभिन्न समाचारहरूबाट बारको गम्भीर ध्यानाकर्षण भएको छ,महासचिव पौडेलले लेखेको विज्ञप्तिमा उल्लेख छ, कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन ।

कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।संविधान र कानुनसमेतका आधारमा सबै तहका निर्वाचन गर्न बारले अपील गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति