Nepal Page

१६ माघ २०७८, आइतबार


राज्यसँग नै छैन शहीदका तथ्यांक – ‘शहीद दिवस, एक विडम्वना’– खिलानाथ दाहाल, अध्यक्ष, शहीद स्मृति प्रतिष्ठान

हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीदका शालिकमा देशका उच्चपदस्थ व्यक्तिहरुले पुष्पगुच्छासहित श्रद्धासुमन अर्पण गर्छन् । शहीद दिवसको महत्व फगत यतिमै सिमित रहेको छ ।

No description available.

कोही पनि कुनै व्यक्ति वा सत्ता प्राप्तिका लागि शहीद भएका हुदैनन् । तात्कालीन सत्तासँग सस्तो सम्झौता गरेको भए उनीहरु फाँसीमा चढाइनुपर्ने पनि थिएन । तर, देश र नागरिकको स्वतन्त्रत र परिवर्तनका लागि आत्मसम्मानसहित उनीहरु शहीद बने ।

आज देशमा जे जति, प्राप्त उपलब्धिहरु छन्, यो सबै शहीदकै देन हो । शहीद परिवारका सदस्य समेत रहेका शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल भन्छन्, – त्यो बेला शहीदको अवस्था त राम्रो थिएन नै । अहिले सत्तामा हुनेहरुको हालत र परिवेश पनि विल्कूलै फरक थिएन । हिजो सँगै दालमोट, चिउरा खाएका वा भोकै बसेका थिए भने पनि सँगै भोकै बसेका शहीदका साथीहरु छन् तर, उनीहरुलाई शहीदको परिवारको मतलत्र भएन ।

तिमहरुको परिवारकोलागि मात्रै शहीद भएका हुन् र ? देशकै लागि भएको हो नि , भन्छन् । हिजो पीता बितेपछि अभिभावक गुमाएकाहरुले वा दाजु थिए भने गुमाएका भाइहरुको परिवारमा के बित्यो भनेर कसैले पनि नसम्झिएको उनी सम्झन्छन् । कति शहीदलाई त, राज्यले अझै चिन्दा पनि चिन्दैन, उनले बताए ।

No description available.

जहाँनिया राणाशासनकालमा सर्वसस्व हरणसहित मृत्युदण्ड बेहोरेका शहीद र पार्टीले घोषणा गरेका शहीदहरु फरक हुन्छ । तर देशका कुनै पार्टीसँग पनि शहीदको स्पष्ट तथ्यांक नभएको उनी बताउछन् ।

काँग्रेस, एमाले, माओवादी पार्टीहरुमा शहीदहरु छन् । तर तथ्यांक उहाँहरुसँग पनि छैन, दाहालले बताए । माओवादीसँग झण्डै ६ हजार शहीद छ भनिन्छ तर त्यो लिष्ट उहाँहरुसँग पनि छैन ।

उनका दाई लीलानाथ दाहाल भने काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । ओखलढुंगाका लीलानाथलाई छिमेकी मुलुक भारतबाट बम ल्याएको आरोपमा वि.सं. २०३१ मा काठमाडौं कारागारबाट ललितपुरको नख्खुस्थितको कारागारमा सार्ने क्रममा मध्यराती साढे १ बजे बन्दुकको संगीनले घोचीघोची यातना दिई गोली हानेर मारिएको थियो । तात्काली ओली सरकारले लीलानाथलाई पनि शहीद घोषण गरेको हो ।

दाइलाई मृत्युदण्डको सजाय होइन, १० वर्ष जेल सजायको फैसला थियो भन्ने छ तर, यो फैसला अझै पाएको छैन । यो प्राप्त गर्नपाए अनुग्रहित हुनेथिएँ, उनले नेपाल पेजसँग बोल्दै भने । कसैको आफूखुसीका कारण दाइ मारिएकोप्रति उनी दुखित छन् ।

घोषणा भएको र नभएको शहीदप्रति के फरक छ भन्ने प्रश्नमा उनले भने, शहीदलाई राज्यले रिकग्नाइज् गर्छ वा गर्दैन भन्ने हो । शहीद परिवारले धेरै कुरा खोजेको पनि होइन । कमसेकम अभिभावक गुमाएपछि टुहुरो र बेसाहारा बनेका परिवारका सन्तानहरुले काम गरेर जीवन चलाउने वातावरण बनाउन राज्यले सक्नुपर्छ, उनले बताएका छन् ।

फोटो – ध्रुव अधिकारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति