सत्तारुढ पाँच दलका शीर्ष नेता, संयन्त्रका सदस्यहरु र कानुनविदसहितको बैठक बालुवाटारमा

काठमाडौं, १५ माघ।  सत्तारुढ पाँच दलका शीर्ष नेता, संयन्त्रका सदस्यहरु र कानुनविदसहितको बैठक अहिले बालुवाटारमा सुरु भएको छ।

स्थानीय तहको चुनावको मितिलाई लिएर विवाद बढिरहेका बेला त्यसबारेमा ठोस निर्णय लिन शनिरबारै दोस्रो पटक सत्ता गठबन्धनको बैठक बसेको हो।

यसअघि शनिबार दिउँसो बसेको बैठकले सहमति जुटाउन नसकेपछि अहिले कानुन र संविधानविदहरु पनि बोलाएर नेताहरु छलफलमा जुटेका हुन्।

यसअघिको बैठकमा गठबन्धनले जुनसुकै बेला चुनावमा जान तयार भए पनि संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुअघि संविधानसँग बाझिएका कानुन संशोधन गर्न कानुनविद्सँग छलफल गर्ने निर्णय लिएको थियो।

उक्त बैठकमा स्थानीय तह निर्वाचन मिति तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको दबाबबारे पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रपतिले कसैलाई सम्बोधन नगरी लेखेको पत्र सबैलाई वितरण समेत गरेर अध्ययन गर्न दिइएको थियो।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइएको पत्र संवैधानिक नभएको निचोडसहित राजनीतिक र कूटनीतिक भन्दा दबाब दिन खोजिएको निष्कर्ष बैठकले निकालेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति