राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई पठाएको सातबुँदे पत्रमा के छ ?


काठमाडौं, १५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय चुनाव नसार्न भन्दै सातबुँदे पत्र नै बुझाएपछि गठबन्धनभित्र यसको तीव्र विरोध भइरहेको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले सातबुँदे पत्र थमाएकी थिइन्। उक्त पत्रमा राष्ट्रपति भण्डारीले संविधान र ऐन अनुसार शुरुमा स्थानीय तह र त्यसपछि संघीय प्रतिनिधिसभा र प्रदेश सभाहरूको निर्वाचन हुनु अपरिहार्य भएको उल्लेख गरेकी छन्।

‘यस व्यवस्थालाई राजनीतिक स्वार्थका लागि चलाउन खोजियो भने त्यसको नकारात्मक परिणाम हाम्रो प्रणालीमा पर्न जान्छ। निर्वाचन लोकतान्त्रिक अभ्यास भएको हुनाले त्यसलाई स्वाभाविक प्रक्रिया अनुसार संचालन हुन दिनु नै हाम्रो लोकतान्त्रिक गणतन्त्र र राजनीतिक दलहरूको दीर्घकालीन हितमा हुन्छ,’ भण्डारीले पत्रको चौथो बुँदामा उल्लेख गरेकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति