जुनसुकै बेला चुनावमा जान गठबन्धन तयार, पहिले कानुन संशोधन गर्नुपर्ने निष्कर्ष

काठमाडौं, १५ माघ । सत्तारुढ गठबन्धनले जुनसुकै बेला चुनावमा जान तयार भए पनि संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि फेरि शनिबार अपरान्ह ४ बजे कानुनविदसहित गठबन्धन र सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक बस्न लागेको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुअघि संविधानसँग बाझिएका कुरा कानुन संशोधन गर्न कानुनविद्सँग छलफल राखिएको सहभागी एक नेताले जानकारी दिए।ुसंविधान र निर्वाचन कानुन बाझिएको छ त्यसलाई के गर्ने ? पदावधि बाँकी रहेका जनप्रतिनिधिलाई कसरी मिलाउने ? बैठकमा नेताहरूले राखेको कुरा उद्धृत गर्दै ती नेताले भने, ?आगामी असोजपछि चुनाव गर्दा वैशाख र असारमा निर्वाचित जनप्रतिनिधिको रिक्तता कसरी मिलाउने ? यसमै छलफल केन्द्रित रह्यो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा स्थानीय निर्वाचन मिति र कानुन संशोधनबारे छलफल भएको बताउँदै थप निर्णय आजै ४ बजे बसेर लिन लागिएको जानकारी दिएका छन्।

अब शनिबारै अपरान्ह यही विषयमा कानुनविद्हरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्ने यादवले बताएका छन्। बैठकमा स्थानीय तह निर्वाचन मिति तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको दबाबबारे पनि बैठकमा छलफल भएको थियो ।बैठकमा राष्ट्रपतिले कसैलाई सम्बोधन नगरी लेखेको पत्र सबैलाई वितरण समेत गरेर अध्ययन गर्न दिइएको थियो। राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइएको पत्र संवैधानिक नभएको निचोडसहित राजनीतिक र कूटनीतिक भन्दा दबाब दिन खोजिएको निष्कर्ष बैठकले निकालेको छ। यस्तै निर्वाचन आयोगले विज्ञप्ति निकाल्नु समेत गलत भएकोले त्यसको प्रतिवाद गर्नुपर्ने नेताहरूको जोड थियो।

राष्ट्रपतिको भूमिकाबारे बोल्नुपर्छ, निर्वाचन आयोगले राजनीति गर्न खोज्नु गलत छ, गठबन्धनको निष्कर्ष सुनाउँदै अर्का एक सहभागी नेताले भने, निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा चुनाव गराउने हो, आफैँ मिति घोषणा गरेर दबाब दिने होइन। बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले चुनाव जहिले गरे पनि आफूहरु तयार रहेको बताएका थिए। यता बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धन कायमै रहने कुरामा ढुक्क रहन अन्य दललाई आग्रह गरेका थिए । यो गठबन्धन लिएर जाने हो, यसैले चुनाव गराउँछ, प्रधानमन्त्री देउवाले बैठकमा भने, यो गठबन्धनसँगै जाने हो दायाँ बायाँ हुँदैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति