ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

रियो दि जेनेरियो‚ १५ माघ । ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम सङ्ख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति