काठमाडौं, १५ माघ। काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गराउन दबाब बढिरहेका बेला सत्ता गठबन्धनको बैठकमा पनि संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् । यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।
स्थानीय चुनाव गर्न सत्ता गठबन्धन सकारात्मक, आजै दोस्रो बैठक बस्ने
प्रतिक्रिया