सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार, विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ, १४ माघ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्यूरोले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हो । खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति