५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री देउवा

काठमाडौ, १४ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई धन्यवाद दिने क्रममा उक्त जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. आरपी विच्छा ले भने –खोप सुनिश्चित गर्ने प्रक्रियामा उल्लेखनीय उपलब्धिको लागि आज प्रधानमन्त्रीज्यूले सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो ।खोप अभियानमा उल्लेखनीय उपलब्धिको लागि खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने प्रक्रियामा सहयोगको आह्वानसमेत गरेका छन् । डा.विच्छाका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका लागि करिब २ महिनाभित्रै खोप अभियान सुरु गर्ने तयारी समेत सरकारको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति