निर्वाचन आयोगले कानून मन्त्रालयलाई बोलायो

काठमाडौ, १४ माघ । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानूनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानून संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ । त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्ता लगायतसँग छलफल गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति