न्याय सेवा आयोगको बैठक बोलाइयो

काठमाडौं, १३ माघ । शुक्रबार २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षाको नतिजाबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् । कानुनमन्त्री बडुलाई कोरोना संक्रमण भएका कारण उनी सहभागी हुने सम्भावना छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति