निर्वाचन आयोगसँग प्रधानमन्त्रीले छलफल गर्दै


काठमाडौं, १३ माघ। निर्वाचन आयोगले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवाले आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग प्रधानमन्त्रीले आज दिउँसो छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल हुने बताइएको छ ।

आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ ।

सत्ता गठबन्धनले भने २०७४ असोज २ गते तेस्रो चरणमा भएका स्थानीय तहको निर्वाचनलाई आधार मानेर ६ महिनासम्म धकेल्न खोजिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति