नेप्से चौथो दिन पनि घट्ने क्रममा, २७ सय विन्दुमा

काठमाण्डौ, १२ माघ । याे हप्ता लगातार चौथो दिन आज पनि नेप्से घट्ने क्रम जारी रहेकाे छ । गएको आइतवारदेखि लगातार घटिरहेको नेप्से आज ३८ दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ७६ दशमलव ६१ विन्दुमा पुगेकाे छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लाग्याे । जीवन बीमा समूहको शेयर दुई सय ९८, निर्जीवन बीमा समूहको शेयर एक सय ४६, विकास बैंक समूहको शेयर ८४ र माइक्रोफाइनान्स समूहको शेयर ६३ अङ्कले घटेको छ । ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भयाे ।

त्यस्तै पोखरा फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । नेप्से ओरालाे लाग्दा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर भने १० प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति