भारतको गणतन्त्र दिवसमा समकक्षीलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना, कसरी २६ जनवरी गणतन्त्र दिवस भयो ?

काठमाडौं १२ माघ । भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीहरूलाई छुट्टाछुट्टै पत्र पठाएर भातरीय स्वतन्त्रता संग्राम र संविधान घोषाण दिवसको अवसरमा शुभकामना दिएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरलाई नेपाली समकक्षीले शुभकामना सन्देश पठाएका हुन्।

राष्ट्रपति भण्डारीले पत्रमा भारतीय समकक्षीको सुस्वास्थ्य र खुसियालीको कामना गर्दै भारतको निरन्तर विकास र समृद्धिको कामना गरेकी छन् । भण्डारीले भारतको स्वतन्त्रताको ७५ औँ वर्षगाँठको अवसरमा पनि बधाई दिएकी छन् ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै भारतले सामाजिक र आर्थिक क्षेत्रको विकासमा हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री डा.खड्काले पनि भारतीय विदेश मन्त्री मार्फत भारतीय जनता र नेतृत्वलाई शुभकामना दिएका छन् ।
सन् १९४७ मा स्वतन्त्र भएको भारतमा अर्को वर्ष संविधान सभाको निर्वाचन भएर सन् १९५० जनवरी २६ मा संविधान घोषणा भएको थियो । संविधान घोषणा भएको दिनलाई भारतले गणतन्त्र दिवसका रुपमा मनाउंदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा – फाइल फोटो

२६ नोभेम्बर १९४९ मा संविधानसभाले नयां संविधान पारित गरेको थियो । सोही संविधानलाई २६ जनवरी १९५० मा लोकतान्त्रिक शासन प्रणालीको साथ पूर्ण रुपमा लागू गरिएको थियो । सोही दिनबाट भारत एक स्वतन्त्र गणतन्त्र संक्रमणकाल पूरा गरेको थियो ।
२६ जनवरीलाई गणतन्त्र दिवसको मितिको रूपमा रोजिएको पनि ऐतिहासिक कारण छ । ससन् १९३० मा भारतीय स्वतन्त्रताको घोषणा (पूर्ण स्वराज) को रूपमा भारतीय राष्ट्रिय कांग्रेस द्वारा घोषणा गरिएको थियो । तीनै राज्यहरुलई बेलायती शासकले अधिराज्यको रूपमा अथ्र्याएर अर्को १७ वर्ष उपनिवेशी शासन चलाएका थिए ।

७३ औं गणतन्त्र दिवसका अवसरमा दिल्लीमा प्रदर्शित एक दृश्य – एजेन्सी

गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष लालकिल्लामा सैन्य परेड सहितका कार्यक्रम हुने गर्दछन् ।भारतीय दूतावास काठमाडौंले भने यस वर्ष कोरोन महामारीका कारण दूतावास परिसरको औपचारिक कार्यक्रममा सिमति गरेको छ । दूतावाका अनुसार भारतीय राजदूत बिनय मोहन क्वात्राले झण्डोत्तलन गरेर गणतन्त्र दिवसको स्मरण गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति