सीता दाहाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखापरेपछि गत शुक्रबार अस्पताल भर्ना भएकी दाहाललाई मंगलबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा. बाबुराम पोखरेलले जानकारी दिए ।

उनको आईसीयूमा राखेर उपचार भएको थियो । दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले घर जाने सल्लाह दिइएको डा. पोखरेलले जानकारी दिए । यद्यपि, कोभिडको असर कम भएलगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको पनि उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति