टेकु अस्पतालमा भोलिदेखि नियमित खोप अभियान चलाइने

काठमाडौँ,  १० माघ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।

तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति