केएमसीका सञ्चालक सुनिल शर्मा अमेरिका पुगे

काठमाडौं, १० माघ । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा। सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।

उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।

यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति