नेपालमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो : ८ लाख बढी निको

काठमाडौं, १० माघ । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १० लाख नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको हो। कुल संक्रमितमध्ये ९ लाख १० हजार ३९४ जना पिसिआर प्रविधि र १ लाख १२ हजार ९१३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्।

१० लाख संक्रमितमध्ये ८ लाख बढी संक्रमित भने निको भइसकेका छन्। संक्रमणबाट हालसम्म ११ हजार ६५५ जनाको मृत्यु भएको छ।

यस्तै कुल जनसंख्याको ४२।५ प्रतिशत मानिसले भाइरसविरूद्धको खोप लगाएका छन्। जसमा ५३.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। खोप लगाउने कार्यलाई थप तीव्रता दिने भन्दै सरकारले माघ ७ गतेदेखि स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा काम गर्ने कर्मचारी र ६० वर्ष उमेर माथिकालाई बुस्टर डोज दिन थालेको छ।तर पुसको अन्तिम सातादेखि ओमिक्रोन भाइरसका कारण संक्रमण व्यापक फैलिरहेको छ।

त्यसैले पनि संक्रमित हुनेको संख्या अझै बढ्न सक्छ। सरकारले संक्रमण जोखिमकै कारण उपत्यकामा सवारी आवागमनमा जोरबिजोर प्रणाली लागू गरेको छ भने सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरेको छ। यस्तै सिनेमा हल, जिमखाना, स्वीमिङ पुल लगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति