लोकसेवा र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको आजै हुँदैछ फैसला ? के भन्छ सर्वोच्च प्रशासन ?

काठमाडौं, १० माघ । निजामती कर्मचारी भर्ना,पदपूर्ति र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको सुनुवाई आजका लागि पेशी चढेको छ । लोकसेवा आयोगलाई विपक्षी बनाएर दायर गरिएका २४ थान रिटलाई एकै ठाउँमा राखेर सुनुवाई प्रारम्भ भए पनि सुनुवाई नसकिएका गत शुक्रवार चौथो पटक सुनुवाई भए पनि सुनुवाइ नसिकिएपछि आजका लागि पेशी सारिएको थियो ।

यस अघि पहिलो पटक पुस २९ गते सुनुवाई नसकिए पछि हेर्दा हेर्दैमा राखिएको सो मुद्धामा ५ माघमा सुनुवाई भएको थियो । सो दिन पनि सुनुवाई नसकिएपछि हेर्दा हेर्दामै राखेर बिहिबार पनि सुनुवाई भएको थियो ।शुक्रवार समेत पेशीमा चढेर सुनुवाई भएको सो मुद्धा आइतबार भने देशभरका अदालत बन्द भएका कारण सुनुवाई हुन सकेन ।सर्वोच्चका गत मंगलबार बसेको फुलकोर्टको बैठकले आगामी १८ माघसम्मलाई सेवा कटौती गर्ने निर्णय गरेको थियो ।

पूर्ण इजलाशले आगामी १८ माघसम्म बन्दीप्रत्यक्षीकरण,मुद्धा फिर्ता तामेली एवम मिलापत्रसम्बन्धी कामबारवाही यस अघि हेर्दा हेर्दै वा निसुमा रहेका मुद्धाहरुको मात्र सुनुवाई हुने जनाइएको छ ।सोही निर्णय अनुसार अघिल्लो साता हेर्दा हेर्दैमा परेको कर्मचारी समायोजन र लोकसेवा आयोगसँग सम्बन्धी दुई दर्जन मुद्धा सुनुवाईका त्यस यता लगातार पेशीमा चढ्दै आएको छ ।

विगत चार महिनादेखि पेशी सारिदैं आएको सो मुद्धा सर्वोच्च अदालतको पूर्ण इजलाशमा राखेर न्यायधीशत्रय आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल,नहकुल सुवेदीको पूर्ण इजलाशमा यो मुद्धाको सुनुवाई भइरहेको छ ।शिवहरी दाहाल,अनमोल भट्टराई ,इन्द्र कमल शिवाकोटी,रजिया चौधरी,दिनेश कुमार मण्डल,नविन गौतम लगायतले दायर गरेको सो मुद्धाको आज पनि सुनुवाई हुँदैछ । यो मुद्धाको आजै किनारा लाग्ने चर्चा छ ।यद्यपि सर्वोच्च अदालतका प्रवक्ता वावुराम दाहालका अनुसार,यो मुद्धामा आजै फैसला आउने सम्भवना कम छ । आज एक बजे अगाडि नै सुनुवाई सकिएको खण्डमा आजै फैसला आउनसक्छ । नभए भोलिसम्ममा फैसला आउने उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति