काठमाडौं, १० मंसिर । काठमाडौं । नेकपा (एमाले) गठबन्धन नेतृत्वको सरकारले देश सम्हालेयता उठेका धेरै विषयमाथि गम्भीर प्रश्न उठाएको छ। एमालेले गठबन्धन सरकार बनेपछि राज्यका सबै अंग संकटग्रस्त बनेको र अर्थतन्त्र ‘कोल्याप्स’तर्फ अघि बढेको आरोप लगाएको छ ।आइतबार लामो वक्तव्यमार्फत अध्यक्ष केपी शर्मा ओलीले दर्जनबढी राष्ट्रका ज्वलन्त मुद्दामा सरकारमाथि प्रश्न उठाएका छन् ।
ओलीको वक्तव्य मुलतः प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको काउन्टर पनि हो ।१९ बुँदे ओली वक्तव्यको सार देउवाले सरकार संचालन गरेयता राज्यका सबै अंग संकटउन्मुख रहेका छन् भन्ने नै हो ।
अध्यक्ष ओलीले व्यवसायीलाई आतंकित पार्ने र बार्गेनिङ गर्ने धन्दा मन्त्रीहरुले नै चलाइरहेको विषय जसरी उठाएका छन्,यसबारे सरकारको जवाफ आवश्यक देखिन्छ ।

प्रतिक्रिया