नालीमा परेर गैँडाकाे मृत्यु

चितवन, ९ माघ । पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार, अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति