१३ वर्षीया बालिकासँग ‘सेक्स च्याट’ को अभियोगमा बेलायती प्रहरीबाट बेद खड्का पक्राउ

अनलाइनमा १३ र १४ वर्षका बालिकासंग यौनजन्य कुरा गरि आफ्नो नग्न तस्विर पठाउने, बालिकाको तस्विर माग्ने र यौन सम्बन्धका लागि घरमा बोलाउने गरेको आरोपमा एक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । बेदबहादुर खड्का उर्फ निशान क्षेत्री आइतबार सेफिल्डबाट समातिएका हुन् ।

अनलाइनमा बढिरहेको यौनजन्य अपराध नियन्त्रणका लागि कार्यरत सामुदायिक स्वयंसेवी समूह एलिट टिमले खड्कालाई समातेर प्रहरीसमक्ष बुझाएको हो ।

खड्काले आफ्नो घर सेफिल्ड आउन बालिकालाई रेल र टयाक्सीको पैसा तिरिदिन्छु समेत भनेका थिए । घरमा बसेपनि वा होटल गएपनि जाउंला भन्दै खड्काले बालिकालाई प्रलोभनमा पारेका थिए । खड्काले ‘अण्डर एज’ १६ वर्ष मुनीका कम्तीमा ४÷५ जनासंग ‘सेक्स च्याट’ गर्ने गरेको स्वीकारेका छन् । बालिकाको स्तनको आकार सोध्ने, आफ्नो गोप्य अंगको तस्बिर पठाउने, बालिकाको यौनांगको तस्बिर माग्ने जस्ता यौनजन्य कुरा गरेका पाइएको छ ।

एलिट टिमले समातेर केरकार गर्ने क्रममा खड्काले आफूले १३ वर्षीया बालिकालाई छोरी वा बहिनी सोचेको जिकिर गरेका थिए । तर त्यस्तो यौन च्याटबारे प्रमाण देखाउंदा उनले कहिले मदिरा पिएको बेला दिमागले काम गर्दैन भनेका छन् भने कहिले आफू सुतेको बेला पनि स्मार्ट फोनमा औंलाले थिचिएर तस्विर जाने गरेको हांस्यास्पद जवाफ दिएका छन् । बेलायतमा १६ वर्ष पुगेपछि आपसी समझदारी भएमात्र यौन क्रियाकलाप गर्न कानूनी छुट छ । यो उमेर अघि यौनसम्बन्धी कुराकानी वा क्रियाकलाप गरे गम्भीर अपराध मानिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति