काठमाडौं, ९ माघ । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । ओमिक्रोन भेरियन्टले डेल्टा भेरियन्टले प्रतिस्थान गरेजस्तै नेपालमा पनि सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले नियमित प्रेस ब्रिफिङमा बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुना ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया