काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई शनिबार मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ। पारिवारिक स्रोतका अनुसार दाहालाई निमोनियासमेत देखिएको छ। अहिले स्वास्थ्य स्थिर रहेको पारिवारिक नेपाल पेजलाई जानकारी दियो।सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन्।
प्रतिक्रिया