बालकुमारी मन्दिरको मूर्ति चोरी, मन्त्री भुसालद्वारा खोजी गर्न निर्देशन

ललितपुर, ९ माघ । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।

आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । उनका अनुसार नौ ताला काटेर र चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ । पाँच/छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिएकी छन् । उनले भनेकी छन्, “यो निन्दनीय कार्यको भत्र्सना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको छु, विश्वास छ सो ऐतिहासिक तथा पूरातात्विक मूर्ति छिट्टै भेटिनेछ ।” प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति