आज एमाले अध्यक्ष ओलीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ९ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको एमालेले बताएको छ । ‘समसामयिक विषयमा पत्रकार सम्मेलन राखिएको हो । त्यसमा विकसित राजनीतिक घटनाक्रम,स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेका प्रश्नको एमालेको धारणा आउने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । । निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय निर्वाचनसहित तीनै तहका निर्वाचन एकैपटक मंसिरमा गर्ने कि भन्ने बहस भइरहेको छ ।

तर नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुदै आएको छ ।साथै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा समेत एमाले सरकारले गरेका कामलाई आफूले गरेको भनेर प्रचार गरेको एमालेको आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति