स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई सङ्क्रमण

स्लोभाकिया, ८ माघ । स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बसेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोनाभाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित भएका हुन् । त्यो दिन देशभरी गरेर कुल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी रक्षा मन्त्री टोनिन भने शुक्रवार सङ्क्रमित भएको पुष्टि भएको हो । उनले आफुलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पारेका छन् ।

स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कुल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति