आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन्। प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्। आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति