आगामी निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज

काठमाडौँ, ७ माघ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता संक्रमणमुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति